हल्दिवारी गाउँपालिका भित्रका १९ वटा सामुदायिक तथा संस्थागत विद्याललयहरु विच अन्तर विद्यालयस्तरीय सप्ताहव्यापी हल्दीबारी गाउँपालिकाको गौरवशाली कार्यक्रमको रुपमा स्थापित ”दोस्रो अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिता २०७६ ” आज सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष डम्बर बहादुर गिरिको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ झापा ३ का प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सी तथा बिशिस्ट अतिथी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन रहनु भएको थियोे । समापन कार्यक्रममा विभिन्न , राजनितिक दलका प्रतिनिधिहरु,वुद्धिजीविहरु,खेलकुद जगतका हस्तिहरु,कलाकार, सामुदायिक तथा संस्थागत विद्यालयका प्र।अ, प्रिन्सिपल, शिक्षक, विद्यार्थी , कर्मचारीहरुको उपस्थित रहेको थियोे ।

यहि माघ १० बाट शुरुभैइ आज सम्पन्न भएको खेलकुद प्रतियोगितामा हल्दिवारी माविले दुबैतह ९ मावी तथा आवि ० मा प्रथम हुँदै ९नगद ३३३३३ आवि तथा ३३३३३ मावी ० शिल प्रमाणपत्र तथा नगद जितेको छ ।

उक्त विद्यालयले आवितर्फ ४ स्वर्ण ३ रजत ४ कास्यपदक जित्न सफल भएको थियो भने मावितर्फ १० स्वर्ण ११ रजत ९ कास्य पदक जित्न सफल भएको थियोे ।हल्दिवारी प्रथम अध्यक्ष तथा उपाध्यक्षकप प्रतियोगिताको पनि दुबैतहको बिजेता हो । त्यस्तै आवितर्फ चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल ,हल्दिवारी ३ दोस्रो भएको छ ,उसले ३ स्वर्ण ५ रजत ३ कास्य पदक जित्दै २२,२२२ नगद ,शिल र प्रमाणपत्र जितेको छ भने तेस्रो स्थान गरमकाली आवि गोलधापले ३ स्वर्ण ४ रजत ३ कास्य पदक जित्दै १११११ नगद शिल प्रमाणपत्र जितेको छ ।

मावितर्फको दोस्रो स्थान ८ स्वर्ण ८ रजत ११ कास्य पदक जित्दै जनजागृती मावी गोलधाप भएको छ ,उसले नगद २२२२२ शिल प्रमाणपत्र जितेको छ ,भने तेस्रो स्थान ७ स्वर्ण ७ रजत ८ कास्य पदक जित्दै लक्ष्मी मावीले १११११ नगद सिल प्रमाणपत्र जितेको छ ।

समापन समारोहमा प्रमुख अतिथी पूर्णसिंह राजवन्सी ,बिशिस्ट अतिथी रवीन्द्र प्रसाद लिङ्गदेन , शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरि ,गाउँ शिक्षा प्रमुख राम बहादुर दाहाल ,खेल आयोजक कमिटी संयोजक मित्र बहादुर बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार