हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारी रेडक्रसमा सबै पदमा निर्विरोध निर्वाचित

हल्दिवारी, १२ पुष । नेपाल रेडक्रस सोसाइटी हल्दिवारी उपशाखाको  सभापतिमा पुन कर्णखर प्रसाईं निर्विरोध निर्वाचित हुनु भएको छ ।

Advertisement

आज भएको उपशाखाको निर्वाचनमा सबै पदहरु निर्विरोध भएको निर्वाचन अधिकारी प्रकाश खरेलले जानकारी दिनु भएको छ ।

Advertisement

उपशाखाको  सभापति , महिला उपसभापति  , सचिव, सहसचिव , कोषाध्यक्ष , सह कोषाध्यक्ष , महिला सदस्य १-१ र ४ खुल्ला सदस्य गरी  ११ पदमा भएको निर्वाचनमा ११ जनाको मात्र उम्मेद्बारी परेको खरेलले बताउनु भयो ।

उपशाखामा २३२ जना आजिवन सदस्य रहेका छ्न भने निर्वाचन तालिका अनुसार यहि पुष १६ गते निर्वाचन हुने कार्यक्रम रहेको थियो ।

उपशाखाको विभिन्न पदमा निर्विरोध निर्वाचित हुनुहुनेमा देहाय अनुसार रहनु भएको छ ।
१. सभापति : कर्णखर प्रसाई 
२. उपसभापति : टिकादेवी मण्डल (सिटौला )
३. सचिव : हरिकृष्ण अधिकारी 
४. कोषाध्यक्ष : भिमराज फ्याग लिम्बू 
५. उपसचिव : खेमराज उप्रेती 
६. सहकोषाध्यक्ष : सोमराज गौतम 
७. सदस्य : नेत्र बिक्रम बिमली 
८.  सदस्य : पुस्तक राज नेपाल 
९.सदस्य :  सितादेवी श्रेष्ठ 
१० सदस्य : राजेन्द्र प्रसाद ओली 
११. महिला सदस्य : जसोदा वन 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)