हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं, १२ पुस । गृहमन्त्रालयले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी २४ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन दिएको छ । बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

Advertisement

रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबार गृहमन्त्रालयको सो निर्देशन आएको हो । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Advertisement

‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट “विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ,’ प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)