हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिटीद्वारा वेस्ट ह्याम २–० ले पराजित

एजेन्सी । म्यानचेस्टर सिटीले बुधबार भएको इंग्लिस प्रिमियर लिगको खेलमा वेस्ट ह्यामलाई २–० ले पराजित गरेको छ ।

Advertisement

रोड्रीले सिटीका लागि घरेलु मैदानमा पहिलो गोल गर्दै पहिलो हाफमै अग्रता दिलाए। पेप ग्वार्डिओलाको टोलीका लागि दोस्रो हाफमा केभिन डी ब्रुयनाले अर्को गोल गरेका थिए ।

Advertisement

२६ खेलको समाप्तिमा सिटी ५४ अंकका साथ दोस्रो स्थानमा कायम रहँदा लेस्टरको खातामा ५० अंक छ। शीर्ष स्थानको लिभरपुल भने ७६ अंकका साथ उपाधि जित्ने अभियानको निक्कै नजिक पुगिसकेको छ।

फाइनान्सियल फेयर प्लेको नियम मिचेको आरोपमा सिटीमाथि युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले दुई वर्षका लागि युरोपियन फुटबलमा लगाएको प्रतिबन्धका कारण सिटीको तयारी प्रभावित भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)