स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

 २ दिनमा ७३ जनामा संक्रमण, १ को मृत्यु

   दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणकै कारण आज एक जनाको मृत्यु भएको छ। संक्रमणका कारण क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

Advertisement

यहाँ मंगलबारसम्म ३० जनामा सीमित भाइरस संक्रमणले तीन दिनमा खतराको संकेत देखाएको छ। मंगलबार राजधानी सिओलदेखि ३०० किमी दक्षिण पश्चिमी सहर थेगुमा एक जना ६१ वर्षीया महिलामा संक्रमण देखिएको थियो। त्यसपछिका २ दिनमा बिहीबार दिउँसो ४ बजेसम्मको सरकारी तथ्याङ्क अनुसार कोरियामा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर १ सय ४ जना पुगेको छ।

Advertisement

थेगुस्थित मंगलबार संक्रमण पुष्टि भएकी महिला संक्रमणपछि जति व्यक्तिहरुसँग सम्पर्कमा रहिन् ती सबैमा संक्रमण फैलिएको कोरियाको रोग नियन्त्रण विभागको निष्कर्ष छ।

ती महिला संक्रमणपछि थेगुस्थित सिनचोन चर्चमा २ दिनसम्म गएको र उनैबाट चर्चमा रोग फैलिएको बताइएको छ। चर्चमा जाने ५२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको र लक्षण देखिएका बिरामीहरुको संख्या पनि त्यति नै रहेको कोरियाका नेपाली डाक्टर राजेशचन्द्र जोशीले बताए।

तर ती महिलालाई कहाँबाट संक्रमण भयो भन्ने विषयमा पुष्टि हुन सकेको छैन। कोरियामा ख्यङसान प्रान्तमा संक्रमितको संख्या उच्च रहेको सरकारी तथ्याङ्क छ।

थेगुका अस्पतालहरुमा भाइरस परीक्षण गर्न बिरामीको चाँप बढेको छ। जाँच गर्न आउने संक्रमितका कारण रोग फैलिने भन्दै थेगुका अधिकांश अस्पतालले आकस्मिक सेवा बन्द गराएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article