हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापाबाट एक महिलासहित ब्राउन सुगरका साथ ४ जना पक्राउ

झापा । झापाको दमक, मेचीनगर /  नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक–५ स्थित नारायण गोपाल टोल प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं.५ घर भई हाल दमक नगरपालिका वडा नं.५ मा डेरा गरी बस्ने २७ बर्षिय सरोज सुब्बा र उनकैै श्रीमती ३२ बर्षिया मिना राई रहेका छन् ।

Advertisement

उनीहरुको कोठामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्रि बितरण भइरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले आइतवार चेकजाँच गर्दा ब्राउन सुगर ८ ग्राम फेला परेको थियो ।

 उनीहरुसँगै रहेका कमल गाउँपालिका वडा नं. ४ का ३५ बर्षिय सुमन श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर   ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी झापाकै मेचीनगर –६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका–४ का २० बर्षीय महममताज अली २ ग्राम  ब्राउन सुगरसहित आईतवार साँझ पक्राउ परेका छन् । भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका अलीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएसँगै प्रहरी टोलीले पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)