हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रेमसागरकाे १७५ औंं पटककाे ऐतिहासिक रक्तदान

१७ गते, भुरीगाउँ, बर्दिया । ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाकाे आयाेजनामा नवौं बृहत् एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रम आज एक विशेष आयाेजनाका साथ भुरीगाउँ ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको छ ।

Advertisement

नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र “रक्तदाता सम्राट”बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यबाट १७५औंं पटककाे ऐतिहासिक रक्तदान गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रमका सभापति एवं ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले   नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र “रक्तदाता सम्राट”बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियोे । उपप्रमुख बिनाकुमारी भट्टराईले स्वागत गर्नुभएको साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्म २०७ जनाले रक्तदान गर्नुभएको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)