हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर नगरपालिकाले माग्यो संस्थागत विद्यालयसित छात्रवृत्ति विवरण

भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयसँग छात्रवृत्ति र शुल्क विवरण माग गरेको छ ।

Advertisement

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगर भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूसँग गरिएको छलफल तथा अन्तरक्रियामा विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्ति र शुल्क विवरण माग गरिएको हो ।

Advertisement

छलफलका क्रममा संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति अनिवार्य वितरण गर्ने, छात्रवृत्ति वितरण गरिएको यस वर्षको विवरण र विद्यालयको शुल्क विवरण १५ दिन भित्र नगरपालिकामा उपलब्ध गराउने, संस्थागत विद्यालय जबाफदेही, पारदर्शी र शैक्षिक विकासमा इमानदार भएर लाग्न तथा राज्यका नीति नियमको परिधिभित्र रहेर सञ्चालन गर्दै अभिभावक, विद्यार्थी र समुदायको भावना समेत बुझेर अघि बढ्न नगर प्रमुख गणेश पोखरेलले निर्देशन दिएका थिए ।

छलफलमा संस्थागत विद्यालयका शिक्षकलाई श्रम ऐन अनुसार न्यूनतम तलब उपलब्ध गराउने, भद्रपुर नगरपालिकाबाट तयार गरिएको स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, विद्यालयको हाताभित्र पत्रु खाना ९जंक फुड० तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने, विद्यालयको १०० मिटर क्षेत्रमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन छलफल अघि बढाउने, पाठ्यक्रम विकास केन्द्रले निषेध गरिएका ओसिस र आठराई पब्लिकेशनका किताब प्रयोग नगर्ने÷नगराउने समेत निर्णय भएको जनाइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, सामाजिक विकास समिति संयोजक सीता गुरागाईँ ढकालले निजी विद्यालयहरू जबाफदेही ढङ्गबाट सञ्चालन हुनुपर्ने र नीति नियमको परिधिभित्र बसेर सञ्चालन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

प्याब्सनका तर्फबाट भद्रपुर प्याब्सन अध्यक्ष रत्नबहादुर गिरी, प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, राजेन्द्र घिमिरे, इशुभ पाण्डे लगायतले संस्थागत विद्यालयका अवस्था र प्रयासहरूबारे आआफ्ना धारणा राखेका थिए । शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख राजकुमार ओडारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले गरेका थिए । सो छलफलमा ३१ वटा संस्थागत विद्यालयको उपस्थिति रहेको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)