हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कारागारमा कैदीबन्दीबीच झडप, दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका छन् ।

Advertisement
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आज बिहान कारागारभित्र कैदीबन्दीबीच कुटाकुट हुँदा घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।

Advertisement

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)