हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मारवाडी ब्यापारीहरूको भागाभाग !

काठमाडाैं, साउन २४ ।  नेपालको अर्थतन्त्रलाई पूर्णतः कब्जामा लिन सफल मारवाडी ब्यापारीहरू मध्ये केही काठमाडौबाट रातारात बेपत्ता भएका छन् । ललिता निवासको नाममा चिनिने सरकारी जमिन कब्जा गर्नेहरूमाथि कारवाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनिहरू राजधानीबाट फरार भएका हुन् । उक्त सरकारी जग्गा हात पार्नेहरूमा केही मारवाडी व्यापारी पनि रहेका छन् । बेपत्ता हुनेहरूमा कैलाशचन्द्र गोयल, श्रवण गोयल (मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक), गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा रहेका छन् ।

Advertisement

यी बाहेक सुनको कारोबारमा संलग्न रहेको आशङ्का गरिएका मोहन अग्रवाल र अकुडिया लगायतका मारवाडी ब्यापारीले पनि काठमाडौं छोडेको बुझिएको छ । हाल काठमाडौमा करिब बाइस हजार मारवाडी परिवारको बसोबास रहेको बताइन्छ र, तीमध्ये दस हजारले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छैनन् । मारवाडी व्यापारीमध्ये अधिकाङ्श दुई नम्बर धन्दामा रहेको अनुमान प्रहरीले गरेको छ ।

Advertisement
व्यापार गर्ने उद्देश्य देखाएर केही समयअघि नेपाल पसेका मारवाडीहरू पछिल्लो समय राजनीतितर्फ पनि सामेल हुन थालेका छन् । जसरी भारतमा व्यापार गर्ने भन्दै छिरेका अङ्ग्रेज (इस्ट इण्डीया कम्पनी) हरू भारतको अर्थतन्त्र हातमा लिइसकेपछि राजनीतिक सत्ता हात पार्न सफल भएका थिए, त्यसैगरी अहिले नेपालमा पनि अर्थतन्त्रमा नियन्त्रण कायम गरेपछि राजनीतिलाई काबुमा लिन मारवाडी समुदायको सक्रियता बढेको पाइएको छ । नेपालका पुराना मारवाडी ब्यापारीहरूमा केडीया (शङ्कर) समूह, गोल्छा समूह र खेतान समूहको नाम लिइन्छ । यीबाहेक अधिकाङ्श मारवाडीहरू बेग्लै निहित उद्देश्यले नेपालमा सक्रिय रहेको पाइएको छ ।
– घटना र विचारबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)