हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लायन्स क्लव अफ कनकाई सुरुङ्गाले मनायो स्थापना दिवश

कनकाई । लायन्स क्लव अफ कनकाई सुरुङ्गाले विविध कार्यक्रमका बिच लायन्सको ५२ औ स्थापना दिवश मनाएको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गा र लियो क्लव अफ कनकाई सुरुङ्गाले लायन्सको स्थापना दिवशको अवशरमा यहाँस्थित कोटीहोम परिसरमा रहनुभएका दिनदुखि र गरिव मागेर खाने साधुसन्त र केटाकेटीहरुलाई खानेकुरा बितरण गरेको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायातको टोलीले कनकाई माई कोटीहोममा रहेका असहायलाई खानेकुरा बितरण गरेको थियो ।

Advertisement

यसैविच आजै लायन्स क्लव अफ कनकाईको आयोजनामा सुरुङ्गामा लायन्सकर्मी र पत्रकारविच अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । अन्र्तक्रिया कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एवम् लायन्सका डिस्ट्रिक सेक्रेटरी लीला चिमरियाले लायन्स क्लवको स्थापना मुख्यतय ४ उद्धेश्यले गरिने भन्दै लायन्सको मुख्य काम सेवा र त्यसपछि संगठन नेतृत्व विकास र फेलोसिप भएको जानकारी गराउँनुभयो । चिमरियाले नेपालमा सन १९७१ सालमा विराटनगरबाट तत्कालिन अवस्थामा मात्रिकाप्रसाद कोइरालाबाट यसको स्थापना भएको भन्दै हाल विश्वका २०६ देशमा लायन्स क्लव रहेको र विश्वका १४ लाखभन्दा वढी लायन्सको सदस्य रहेको जानकारी दिनुभयो ।

Advertisement

यसैगरि लायन्सको वारेमा पुर्वअध्यक्ष गंगाराम दाहाल, निर्वतमान अध्यक्ष डिआर सुवेदी, नयाँ लायन्स सदस्य टिकादेवि खतिवडा, लायन्सका पुर्वअध्यक्ष गंगाराम दाहाल, मनोज बस्नेत, पत्रकार सिएम शर्मा लगायातले लायन्सले समाजमा गरेका सत्कर्मका कारण समाज र देशलाई पुगेको फाइदा र अवको लायन्सको बाटोको वारेमा बोल्नुभएको थियो । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले कार्यक्रमका बारेमा जानकारी गराउँनुभएको कार्यक्रमको संञ्चालन लायक्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खडकाले गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)