हल्दिबारी, २५ श्रावण । अनेरास्ववियु हल्दिबारी गाउँकमिटीले पनि जिल्ला कमिटीले तय गरेको झापाका पालिकाहरुमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य अभिषेक खतिवडा सहितका बिद्यार्थी नेताहरुले हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि मैनाली लाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त ७ बुदे ध्यानाकर्षण पत्रमा येस्तो लेखिएको छ :–
हल्दिबारी गाउँकमिटीले निम्न ७ बुदे ध्यानाकर्षण पत्र बुझाएको जानकारी गराउद छौ।
- विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया संघीय ऐन र पालिकाको ऐन बाझिएको हुदाँ स्थानीय ऐन स्वतः खारेजी गरी संघीय ऐन लागू गरियोस।
- निजी शैक्षिक संस्था संचालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गरियोस् । साथै छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सुचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाइयोस् ।
- विभिन्न विद्यालयहरुमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरुलाई समान गुणस्तरिय शिक्षा प्रदान गरियोस्।
- प्रत्येक वर्ष सबै सामुदायिक विद्यालयमा तहगत रुपमा आवश्यक अनुसारको विषयबारे विधार्थीलाई शैक्षिक भ्रमणका लागि बिधालयलाई पूर्ण अनुदान उपलब्ध गरियोस ।
- सामुदायिक विद्यालयमा विगत झैं घुम्ती खेलकुद प्रशिक्षकको व्यवस्था मिलाइयोस र निजि विद्यालयलाई सो व्यवस्था गर्ने लाइयोस ।
- बिधालय तहका बालबालिका तथा विद्यार्थी लागुऔषध दुर्व्यसनी तथा सुर्तीजन्य पदार्थमा फसेको जनगुनासो व्यापकता पाइएकोले विद्यालय भन्दा ५०० मिटर वरपरका पसल, विद्यालयका सटरहरु जस्ता संवेदनशील स्थानहरुमा सो सुर्तीजन्य पदार्थ लगायतका वस्तु बेचबिखन गर्ने निषेध गरियोस ।
- विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर आत्मनिर्भर बन्न सक्ने खालका सिपमुलक र जीविकोपार्जन हुने बिषयहरुका पाठ्यक्रम निर्माण गरी दक्ष जनशक्ति मार्फत पढाई हुने व्यवस्था लागु गरियोस ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
5
+1
1
+1
+1
+1