हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

समाज रुपान्तरणका निम्ति युवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक छ: मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले समाज रुपान्तरणका निम्तियुवा पुस्ताको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् ।

Advertisement

मोरङको विराटनगरमा अन्तर्राष्टिय युवादिवसको अवसरमा मातृभूमि फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

Advertisement

“समाज रुपान्तरणका निम्तियुवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता छ” मन्त्रीमोदीले भने, “देशको परिस्थिती र समाजको आवश्यकतालाई ध्यानमा राखेर युवा पुस्ताले मुलुक निर्माणमा योगदान गर्न सक्नुपर्छ ।”

नेपालमा रोजगारीको अवसर नभएका कारण लाखौँ लाख युवाहरु खाडी मुलुकमा जान बाध्यभएको बताउँदै मन्त्रीमोदीले उनीहरुको श्रम र सीपलाई उपयोगमा ल्याउने गरी सरकारले काम गरिरहेको समेत बताए । उनले थपे, “जो युवाहरु विदेशिएका छन्, त्यहाँ पनि बोटमा पैसा फलेको छ भनेर टिप्न गएका होइनन्,उनीहरुले रगत र पसिना बगाएर श्रम गरिरहेका छन्, उनीहरुलाई नेपालमै रोजगारीको प्रबन्ध गर्ने र युवाहरु विदेशिने क्रमलाई रोक्ने बाहेक सरकारसँग अर्को विकल्प छैन ।”

मन्त्री मोदीले भ्रष्टचारीहरुलाई कानुनी दायरामा ल्याई सुशासन कायम गरी देशमा रोजगारी सिर्जना गर्ने बाटोमा सरकार अगाडि बढिरहेको समेत बताए ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुले धारणा समेत राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)