हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भीरबाट लडेर २० वर्षीय कर्ण को मृत्यु

सिमकोट, ३० साउन स् हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो ।

Advertisement

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए । उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मङ्गलबार मृत भेटिएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)