हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बाल सञ्जालको आयोजनामा कविता र नृत्य प्रतियोगिता सम्पन्न

भद्रपुर । भद्रपुर ७ नम्बर वडा बाल सञ्जालको आयोजनामा विद्यालय स्तरीय कविता लेखन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । भद्रपुर ७ नम्वर वडा भित्र रहेका विद्यालयमा अध्ययनरत आधारभूत तह तथा माध्यमिक तहका छात्र छात्रा बीच प्रतिष्पर्धा हुने गरी कविता लेखन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो ।

Advertisement

वडा बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर ७ स्थित एमरेल्ड एकाडेमीको कक्षमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Advertisement

कविता लेखन तर्फ वीरेन्द्र मावि चन्द्रगढीकी छात्रा दीक्षा खड्का प्रथम, हिमालय इङ्लिस स्कुलकी छात्रा ममता पौडेल द्वितीय, आदर्श नमूना इङ्लिस स्कुलकी देविसा गिरी तृतृय र एमरेल्ड एकाडेमीकी पुष्पा दाहालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै नृत्यतर्फ हिमालय इङ्लिस स्कुल प्रथम, आदर्श नमूना द्वितीय र एमरेल्ड एकाडेमीको विद्यार्थी समूह तृतीय भएका छन् । कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर नगरपालिकाका पूर्व प्रमुख जीवनकुमार श्रेष्ठ, बालमैत्री चेनपेन तथा भद्रपुर ७ का पूर्व वडाध्यक्ष विनोदप्रसाद पोखरेल, महिला सञ्जाल अध्यक्ष गोमा घिमिरे बाल सञ्जालका पूर्व अध्यक्ष आरोग्य तिम्सेना लगायतले शुभकामना मन्तव्य राख्दै बालबालिकाको सर्वाङ्गीण विकास नै बालमैत्री अभियानको मूल उद्देश्य रहेको प्रष्ट पारेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)