हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा पाँच जना पक्राउ

फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा बारा घर भई काठमाडौं नयाँबसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, कास्कीकी सुब्बु भन्ने शुभेक्षा गुरूङ, अनुप श्रेष्ठ र रोहन तामाङ छन्। उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले बताए।

Advertisement

प्रहरीका अनुसार सिमान्त लामाले फेसबुक ह्याक गर्ने गर्थे। त्यसपछि विभिन्न बहाना बनाएर फेसबुकमा रहेका साथीहरूलाई मेसेज गरेर अमन्त लामाले पैसा माग्ने गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए।

शुक्षेक्षा र अनुपले वालेटमा आएको रकम झिक्ने काम गर्थे। रोहन तामाङले भने सिम कार्ड उपलब्ध गराएको प्रहरीले जनाएको छ। यसरी फेसबुक ह्याक गरी रकम माग्ने गरेको भन्ने उजुरी पछि प्रहरीको टोली खटिएको थियो। उनीहरू बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन्।

अनुसन्धानको क्रममा उनीहरूले ३० वटा फेसबुक ह्याक गरेको खुलेको छ। १२ वटा जिमेल आइडीको प्रयोग गरी उनीहरूले फेसबुक ह्याक गर्ने गरेको एसपी रेग्मीले बताए। त्यस्तै विभिन्न बहानामा ओटिपी कोडहरू मागेर फेसबुक ह्याक गरेका हुन्। उनीहरूविरूद्ध २२ जना पीडित प्रहरी सम्पर्कमा आएका छन्। उनीहरूले १४ लाख ५८ हजार रुपैयाँको कारोबार गरेको देखिएको छ।

उनीहरूमाथि ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)