हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बालुवा निकाल्ने क्रममा नदीले बगाउँदा मैनाकाे गयाे ज्यान

जुम्ला – जुम्लाको आज बिहीवार हिमा नदीले बगाउँदा एक किशाेरीकाे ज्यान गएकाे छ । आज कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्ने क्रममा हिमा नदीले बगाउँदा स्थानीय १८ वर्षीया मैना सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेका बेला नदीमा आएको छालले मैनालाई बगाएकाे थियाे । मृतक बालिका कनकासुन्दरीकाे पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेकाे कनकासुन्दरीका अध्यक्ष दामोदर आचार्यले बताउनुभयाे ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)