हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

केस कुमारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

बर्दिया । श्रीमतीको हत्या आरोपमा प्रहरीले बिहीबार बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ ।

Advertisement

घरदेखि अन्दाजी ५०० मिटर टाढा धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती केस कुमारी बिकलाई धारिलो हतियारले  प्रहार गरेर हत्या गरेका हुन् ।

Advertisement

घटनाको खबरपछि प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सुनारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)