बर्दिया । श्रीमतीको हत्या आरोपमा प्रहरीले बिहीबार बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ ।

घरदेखि अन्दाजी ५०० मिटर टाढा धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती केस कुमारी बिकलाई धारिलो हतियारले  प्रहार गरेर हत्या गरेका हुन् ।

घटनाको खबरपछि प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सुनारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार