हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राजनीतिक दलका नेता नै भ्रष्टाचारमा संलग्न : रवि लामिछाने

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सभापति रवि लामिछानेले ठूला राजनीतिक दलहरुका नेता नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।

Advertisement

सभापति लामिछानेले ठूला राजनीतिक दलहरुका नेता नै भ्रष्टाचार र लेनदेन काण्डमा बाहिर नाम आइरहेको बताएका हुन् । झापाको बिर्तामोडमा शुत्र,बार (आज) आयोजित सभालाई सम्बोधन गर्दै उनले ठुला राजनीतिक दलका नेताले ३० औं बर्षसम्म देश बनाउन भन्दा पनि अबैध अकुत्त सम्पत्ती कमाउन समय खर्च गरेको आरोप लगाउँदै लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र रहेको बताएका छन् ।

Advertisement

उनले २०८४ सालको निर्वाचनपछि रास्वपा सरकारमा पुगेपछि राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई छानबिन गरेर दण्डित गर्ने दाबी समेत गरेका छन् । ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई सुक्ष्म तबरबाट मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नगन्य नेता बाहेक अधिकांश नेता जेल जाने लामिछानेको भनाई थियो । उनले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप पनि लगाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)