माेरङ्ग । विराटनगरको एक अस्पतालबाट शिशु गायब भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायब भएपछि अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र शिशुका बुवा भनिएका गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १४ गते अस्पतालमा शिशुको जन्म भएको थियो । तर त्यहाँबाट बच्चा गायब भएपछि दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रन्जनकुमार दाहालको भनाइ छ ।

नवजात शिशु अविवाहित जोडीकै जिम्मा लगाएको अस्पतालले जनाएको छ । तर उनीहरुले भने उक्त शिशु आफूले जिम्मा नलिएको र अस्पतालले नै गायब पारेको आरोप लगाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार