झापाको हल्दिबारी गाउँपालिकामा ६ बर्ष ५ महिनामा मा ११ जना प्रमुख प्रशासकीय अधिकृत आएका छन् । हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाईले छोडे पछि उनको ठाउँमा हल्दिबारीकै मान बहादुर बन (महेन्द्र)ले आजदेखी गाउँपालिकामा हाजिर भएका छन् ।

हल्दिबारीमा प्रमुख प्रशासकीय बनेर आएका मान बहादुर मुख्य मन्त्रि तथा मन्त्रि परिषदका कार्यालय कोशी प्रदेश अन्र्तगत यातायात पुर्वाधार निर्देशनालयमा कार्यरत थिए । गणतन्त्रको स्थानिय सरकार निर्वाचन भए पछिको करिब साढे छ बर्षमा १० प्रमुख प्रशासकीय अधिकृतहरुले सरुवा लिदै अन्यत्र गएको गाउँपालिकाको रेकडमा देख्न सकिन्छ । यसरि प्रमुख प्रशासकीय अधिकृतहरु २ बर्ष पनि नबिताइ अन्यत्र जानुले हल्दिबारीको आन्तरिक प्रसाशन कमजोर हुदै गएको र बेरुजु माथि बेरुजु थपिदै गएको छ ।

११ औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा हल्दिबारी आइपुगेका बन लाई यहाँ काम गर्न भने सजिलो देखिदैन । स्थानिय र राजनितिक दबावका बिच उनले कसरी काम गर्ने हुन त्यो हेर्न भने बाँकी नै छ

को–को भए त हल्दिबारीका प्रमुख प्रशासकीय अधिकृतहरु, स्व.कुमोद चन्द्र झा (२०७३–१२–३ देखी २०७३–१२–१७ सम्म, १४ दिन) खम्बराज राई (२०७३–१२–१८ देखी २०७४–०६–२७ सम्म, ७ महिना ९ दिन), पुण्य प्रसाद पौडेल (२०७४–०६–२८ देखी २०७४–०७–३० सम्म, १ महिना), खम्बराज राई (२०७४–०८–०१ देखी २०७४–१२–०७ सम्म, ४ महिना ६ दिन), सन्तेष घिमिरे (२०७४–१२–०८ देखी २०७६–०९–१३ सम्म, एक बर्ष १० महिना ५ दिन), तुलाराज थापा मगर (२०७६–१०–१२ देखी २०७७–०२–०१ सम्म, ४ महिना १९ दिन), बिजय इङनाम (२०७७–०२–११ देखी २०७७–०३–२५ सम्म, १ महिना १४ दिन), प्रविन दहाल (२०७७–०५–२५ देखी २०७९–०४–३१ सम्म, एक बर्ष ११ महिना ५ दिन) सुवास श्रेष्ठ (२०७९–०५–०१ देखी २०७९–१०–२० सम्म, ५ महिना १९ दिन), इन्द्र प्रसाद चाँपागाई (२०७९–११–०४ देखी २०८०–०४–०३ सम्म, ५ महिना) हल्दिबारी गाउँपालिकामा रहि प्रमुख प्रशासकीय अधिकृतहरुले काम गरेको देखिन्छ ।

गाउँपालिकाले दिएको विवरण अनुसार सबै भन्दा लामो समय प्रविन दहाल र सन्तोष घिमिरेले हल्दिबारीमा काम गरेको देखिन्छ । हल्दिबारी गाउँपालिकामा पहिलो कार्यकालमा ८ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरेको देखिन्छ भने दोस्रो कार्यकालको एक बर्ष भित्रमा चार जना प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर हुनु ले हल्दिबारीको आर्थिक पारदर्शीता र बेरुजु काहाँ पुग्ने हो अडकल गर्नु पनि गाह्रो रहेको गाउँपालिकामा कार्यरत एक कर्मचारीले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
6
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार