हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा ॐ नमः शिवाय सहकारीद्वारा बृद्वबृद्वाकाे सम्मान कार्यक्रम सम्पन्न

हल्दिबारी । दशनामीहरूको बाहुल्यता रहेको ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले संस्थाको ११ औ स्थापना दिवसको अवसरमा वृद्धवृद्धा सम्मान कार्यक्रम गरेको छ।

Advertisement

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय साकोसले बुधबार (आज) हल्दिबारी ३ स्थित त्रिलोकेश्वर शिव मन्दिरमा एक कार्यक्रम आयोजना गरी ७५ वर्ष उमेर पुरा भएका संस्थाका २१ जना शेयर सदस्य बृद्वबृद्वाहरुलाई सम्मान गरेको हो।

Advertisement

१७ जना उपस्थित शेयर धनीलाई कार्याक्रम सम्मान गरिएको थियो भने अन्य कार्यक्रम आउन नसक्ने ४ जनालाई घरमै पुगेर सम्मान गरिएको संस्थाका सल्लाहकार चन्द्रप्रसाद गिरीले जानकारी दिए । अन्य बाँकी १६ जना ७५ बर्ष माथिका शेयर संस्थाको बार्षिक साधारणसभा सम्मान गरिने जनाइएको छ । बृद्धबृद्धा शेयर सदस्यलाई बुढेसकालको सहारा स्वरुप लौरो तथा नगदसहित सम्मान गरिएको संस्थाका अध्यक्ष भरतलाल गिरीले जानकारी दिए ।

सोहि कार्यक्रममा सदस्यहरूको स्वास्थ्य उपचारमा सहुलियत छुट व्यवस्थाकालागि कनकाई हस्पिटल विर्तामोडमा औषधीमा ५ प्रतिशत र उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था मिलाएको, ॐ साई पाथिभरा हस्पिटल भद्रपुरमा ७० वर्षमाथि उमेर समुहलाई ५० प्रतिशत र मुनिकालाई २० प्रतिशत छुटको ब्यवस्था मिलाइएको जनाइएको छ ।

त्यस्तै मेची दिव्यज्योति आँखा अस्पताल ईटाभट्टामा अप्रेशनमा १५ प्रतिशत र चस्मामा २० प्रतिशत छुट हुने कार्यक्रममा बताएको थियो। संस्थाका शेयर सदस्यको एका घरमा नयाँ शिशुको जन्म भएमा संस्थाको तर्फबाट निःशुल्क शिशुको नाममा एक हजार रुपैयाँको नवजात शिशु बचत खाता खोलिदिने जनाइएको छ ।

सोही कार्यक्रमकाबिच नेपाल दशनामी समाजको केन्द्रीय समितिको समन्वय र अनुरोधमा दशनामी समाजद्वारा सञ्चालित शिवालय मन्दिरलाई खानेपानी ट्यांकी १ थान हस्तान्तरण समेत गरिएको थियो ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोबिन्द्रबिक्रम गिरी प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एलबहादुर गिरी, पूर्व केन्द्रीय सदस्य लबकुश गिरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, दशनामी समाज कोशी प्रदेशका पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, कोशी प्रदेश सदस्य कृष्णबहादुर बनलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)