हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापामा बलियो बन्दै विप्लव नेकपा, विभिन्न संघर्षका कार्यक्रमको घोषणा

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा , इलाम र पाँचथर जिल्लाहरुमा आफ्नो पकड जमाउँदै अघि बढेको छ। पछिल्लो समय जनताका माझमा रहेर मिटरब्याजी , भ्रष्टाचार , बैंक तथा वित्तीय संस्थाका ज्यादती लगायतका विरुद्ध संघर्ष गरेको नेकपाका पक्षमा जनताहरुको राम्रो समर्थन देखिएको छ ।

Advertisement

यसै बिच नेकपाले झापालाई दुई भागमा विभाजन गर्दै संगठन विस्तार तथा संघर्षलाई थप उचाइमा पुर्‍याउने उद्वेश्यका साथ लागि परेको पाइएको छ। पश्चिम झापा, पूर्व झापा गरी जिल्लालाई दुई भागमा विभाजन गरेर काम अगाडि बढाइने नेकपाले जनाएको छ ।

Advertisement

आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै झापालाई दुई भागमा विभाजन गरेर काम अगाडि बढाउने निर्णय भएको ब्यूरो इञ्चार्ज सुमन सिंह सीले जानकारी दिए ।

पश्चिम तर्फ दमक केन्द्र रहने गरी दमक, गौरादह, शिवसताक्षी, कनकाई नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिका समेटेर पश्चिम झापा नाम हुने गरी एउटा जिल्ला घोषणा गरिएको छ भने भद्रपुर केन्द्र हुने गरी भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगरपालिका तथा बुद्धशान्ति, कचनकवल, बाह्रदशी र हल्दिबारी गाउँपालिकालाई समेटेर पूर्व झापा घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विप्लव नेकपाले एमसीसी परियोजना राष्ट्रघाती भएको ठहर गर्दै त्यसबिरुद्ध सशक्त प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएको छ । १३ बुँदे संघर्षका कार्यक्रम सार्वजनिक गर्दै नेकपाले मानव तस्करहरुको पहिचान गरी कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै लघुवित्त, मिटरब्याजी र चर्को बैंक ब्याजदरका बिरुद्ध संघर्षका कार्यक्रम गर्ने महिला हिंसा तथा जातीय विभेदबिरुद्ध कडा कारवाही गर्ने शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका शोषण र अनियमितताबिरुद्ध संघर्ष गर्ने, सीमा अतिक्रमणबिरुद्ध संघर्षका अभियान सञ्चालन गर्ने, भ्रष्टचार, अनियमितता, कालोबजारी, महँगी र ठगीबिरुद्ध कारवाही अभियान सञ्चालन गर्ने ब्युरो इन्चार्ज सुमनसिंह सिले जानकारी दिए।

लागूऔषध नियन्त्रण, मजदुरको उचित पारिश्रमिक, सुकुम्बासीबिरुद्ध हुँदै आएको दमन लगायतका बिरुद्ध कडारुपमा संघर्षका कार्यक्रम अगाडि बढाउने पनि उनले बताए ।

विप्लवका नेता तथा कार्यकर्तालाई आत्मनिर्भर बन्नका लागि कृषि, उद्योग र व्यवसायमा जोड्दै झापाका सबै पालिकामा न्यूनतम एक विगाह क्षेत्रफलमा खेती गर्ने, इलाममा अकबरे, चिया, अदुवाको खेती गर्ने र पाँचथरमा बाख्रापालन कार्यक्रमलाई अगाडि बढाउने योजना सहित काम शुरु भएको नेकपाले जनाएको छ ।

नेकपाले झापाका राजमार्ग क्षेत्रमा रहेका विभिन्न शहरहरुमा सी भान्साघर सञ्चालन गर्ने जनाएको छ । आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई व्यवसाय र कृषिमा समावेश गर्दै आत्मानिर्भरता बाटो अवलम्वन गर्ने र आगामी असोज २५ गते सी जातिको संस्कार अनुसार मृतकका आफन्तको सम्झनामा सडकमा निस्किएर देशव्यापी विशेष कार्यक्रम गर्ने जनाएको छ । नेकपाले झापासहित इलाम र पाँचथर जिल्लाको इञ्चार्ज तथा सेक्रेटरीको जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

नेपालमा एमसीसी मार्फत् अमेरिकाले सेना उतार्ने तयारी गरेको र त्यसबिरुद्ध सबै एकजुट हुनुको विकल्प नरहेको ब्यूरो इञ्चार्ज सुमनसिंह सीले बताए । उनले दलहरुको यस्तै चाल रहे २०८४ को निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै स्टण्डबाजीका लागि मात्रै आफूहरुले काम नगरेको भन्दै जनताको जिविकोपार्जनका विषय र सवाल विप्लव नेतृत्वको नेकपाले मात्र उठान गरेको दाबी गरेका छन् ।

उनले अब राजनीतिक दलहरु दुई कित्तामा विभाजन हुने भन्दै देशभक्त दल र नेताहरु एकजुट हुनुपर्ने पत्रकार सम्मेलन मार्फत बताएका छन्,।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)