हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झिलझिलेका प्रहरी इन्सपेक्टरमाथि बञ्चराे प्रहार, ३ युवा प्रहरी नियन्त्रणमा

झापा । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले बञ्चरो प्रहार गरेका हुन् ।बिहीबार साँझ ६.५० बजेको समयमा केही व्यक्ति लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इप्रका झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने बर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाएर ल्याएको हाते बञ्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।
कटुवालको टाउकोमा २ ठाउँमा चोट लागेपछि दुधे स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

Advertisement

टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष–३२ को विकास भनिने अरुण तामाङ र बीचमा सवार सोही ठाउँ बस्ने बर्ष ३३ का लक्ष्मण टुडू,बन्चरो हान्ने पोखरेलसहित ३ जना, मोटरसाइकल र बञ्चरो नियन्त्रणमा लिइ इप्रका झिलझिलेमा ल्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)