हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दुबै मृगौला खराव भएका विपन्न प्रदीपलाई बचाइदिन श्रेष्ठ परिवारको अपिल

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

Advertisement

आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ ।

Advertisement

लगभग गत १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बिपि कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परिक्षणपछि दुवै मृगौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए ।

श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति निर्माण गरेको छ । समितिको संयोजकमा प्रदीका दाजु नारायण श्रेष्ठ, सचिबमा डम्बर थापा, कोषाध्यक्ष शिवकुमार श्रेष्ठ, सदस्यमा अर्जुन रेग्मी, टेकबहादुर गिरी, गीता श्रेष्ठ र टेकबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी उक्त समितिलाई सल्लाह सुझावका लागि ७ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।

हाल प्रदीप काठमाडौंको भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन् । उनलाई मृगौला प्रत्यारोपण गर्न उनकै परिवारभित्रका आफ्नै दाजु बिष्णु श्रेष्ठले दिने भएका छन् ।

तर, आर्थिक अवस्था कमजोर भएका कारण प्रत्यारोपणमा लाग्ने खर्चका लागि उनका बुवा मणिकुमार तथा आमा इन्दिराकुमारी श्रेष्ठले सवैलाई सहयोगको लागि अपिल गरेका छन् । मृगौला प्रत्यारोपणका लागि करिव १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायणले जानकारी दिएका छन् ।

त्यस्तै आर्थिक सहयोग जुटाउन निर्माण भएको समितिले शनिवार बिहीबारे बजारमा राखेको भेलामै ३७ हजार ६३० रुपैयाँ संकलन गरेको समितिका सदस्य अर्जुन रेग्मीले जानकारी दिए ।

त्यस्तै प्रदीको आर्थिक अवस्था देखेर नेवाः देय् दबु अर्जुन नगर सममितिले आयोजना गरेको लाखे जात्राबाट संकलन साथै संस्थाले थप गरेर उनको उपचारमा सहयोग गर्न १० हजार रुपैयाँ प्रदान गरेको समितिका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

प्रदीको उपचारमा सहयोग गर्ने देश तथा बिदेशमा रहेका आफन्त, साथीभाई, बिभिन्न सामाजिक संघ/संस्था, स्थानीय सरकारसमेतसँग सवैमा उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

उनको उपचारमा आर्थिक सहयोग गर्ने इच्छुकले अर्जुनधारा-५ स्थित लक्ष्मीपुर चोकमा रहेको प्राइम कर्मसियल बैंकमा उनका दाजु नारायण श्रेष्ठको नाममा रहेको खाता नम्बर १०६००४५६ पिडि(एम्) मा सहयोग गर्न सकिनेछ भने मोबाइल नम्बर ९८१४९९८९४१ मा सम्पर्क गरेरसम्म सहयोग गर्न सकिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)