हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामोडमा माछा मार्ने क्रममा युवकको मृत्यु

बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर आज एक युवकको मृत्यु भएको छ ।

Advertisement

मंगलवार विहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ बर्षिय दिनेश हस्दाको घर नजिक्कैको पानी जमेको पैनीमा माछा मार्नेक्रममा क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।

Advertisement

प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्ने गएका थिए ।माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)