हल्दिवारी ,१३ भदौ । झापाको हल्दिवारी गाउँपालिका -२ मा ,जलवायु परिवर्तन सम्बन्धि अन्तरक्रिया एवं प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।

परिवर्तक: The changemaker campaign को आयोजना सम्पन्न अन्तक्रिर्यामा हल्दिवारी मावि ,लक्ष्मी मावी ,जनजागृती मावी , चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुल , क्यानरी एकेडमी ,सिग्मा अङ्ग्रेजी विध्यालय र गोल्धाप सनसाइन विद्यालयका विद्यार्थी शिक्षकहरुको उपस्थिति रहेको थियोे ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीका सभापति कर्णाखर प्रसाईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न अन्तक्रिर्यामा जलवायुले पारेको प्रभाव, र समाधानका विषयमा छलफल गरिएको थियोे ।
जलवायु परिवर्तनले पारेको प्रभावलाई स्थानीय सरकार,सरोकारवाला निकाय र नेतृत्वलाई महसुस गराउने गरि जलवायु जन्य जोखिमको लेखाजोखा गरेर अनुकूलनका योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विषयलाई जोड दिदै आयोजना गरिएको जलवायु सवाल

 

campaign तर्फबाट सुमन देवकोटाले नेपाल र विस्वमा जलवायुले पारेको प्रवाभ र न्यूनीकरण सम्बन्धमा कार्यपत्र प्रस्तृत गरेको कार्यक्रममा हल्दिवारी गाउँपालिकाले गरेका काम र गर्न लागेको कामको बारेमा अध्यक्ष लिङ्देनले सहभागीलाई जानकारी गराएका थिए ,। त्यस्तै फरेस्ट एक्सन नेपाल कि फिल्ड अफिसर मुना भट्टराईले जलवायु परिवर्तन सगै भएका खतरा र रोकथामका बारेमा प्रष्ट परेकी थिइन । हल्दिवारी बाल क्लबका अध्यक्ष पवन गिरिले बालबालिका लाई परेको समस्या र गाउँपालिकाले खेल्नु पर्ने भुमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।

पहिलो चरणमा सामुदायमा रहेका जलवायु परिवर्तन ले सिर्जित समस्यालाई फिल्ड अध्ययन गर्दै सरोकारवाला निकाय संगको छ्लफल र २५० भन्दा बढी बालबालिका संग प्रत्यक्ष छलफल मार्फत आज को यस जलवायु सवाल कार्यक्रमको रुपरेखा तयार पारिएको कार्यक्रम संयोजक निमेश गिरीले गर्नु बताउनुभयो ।

जलवायु परिवर्तनले पारेको प्रभावलाई स्थानीय सरकार,सरोकारवाला निकाय र नेतृत्वलाई महसुस गराउने गरि जलवायु जन्य जोखिमको लेखाजोखा गरेर अनुकूलनका योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विषयलाई जोड दिदै आयोजना गरिएको जलवायु सवाल कार्यक्रम युवाहरुको नौलो र शसक्त प्रयासको रुपमा लिदै सिग्मा अंग्रेजी विध्यालय शिक्षक गोपाल गौतमले आयोजकलाई धन्यवाद दिनुभयो।
नेपाल रेडक्रस सोसाइटी र IFRC को सहयोगमा युवाहरूलाई जलवायु सम्बन्धमा जनचेतना जगाउन रेडक्रसबाट शुरु गरिएको अभियान हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार