झापा , २५ भदौ । बिरामीलाई रगत निशुल्क पाउने ब्यवस्था नैसर्गिक अधिकारको रुपमा कार्यान्वयन गर्न रक्तदाताहरुले माग गरेका छन । रक्तदाताहरुबाट निशुल्क दान गरिएको रगत उपचारार्थ बिरामीले पनि कुनै किसिमको शुल्क बिना पाउनुपर्ने गरि सरकारबाट आवश्यक कानुनी पहल गर्न उनिहरुको माग गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नेत्तृत्वमा केन्द्रीय सदस्यद्वय प्रवास कुमार शाक्य, सुशील घर्ती क्षेत्री, नेस्वरस ललितपुर जिल्ला सदस्य नविन कुमार महर्जन, स्टार्ट १८ स्टार्स टिम, राष्ट्रिय संयोजकसहितले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी रगत पीडितपक्षले निःशुल्क पाउनेगरि नैसर्गिक अधिकार भएको भन्दै ज्ञापन पत्र बुझाईएका हुन । ‘प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तब्य हो भने निःशुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो ।’ भन्ने मूल नारालाई सार्थक स्थापित गर्न, रगत आवश्यक पर्ने पीडितपक्षलाई निःशुल्क रगत उपलब्ध गराउनु नै मूल लक्ष्य र उदेश्य लिई आफुहरु निरन्तर संस्थागत विकासमा लागेको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए ।

कार्यक्रममा ज्ञापनपत्र बुझदै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले पिडित पक्षलाई निःशुल्क रगत उपलब्ध गराउने गरि पहल गर्ने बताए । यो बिषयलाई कार्यान्वयनमा ल्याउने समेत उनले प्रतिबद्धता जनाए ।

साथै उक्त ज्ञापन-पत्र बुझाउने समूहमा क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्णचाैहान क्षेत्री,केन्द्रीय सदस्य प्रवेशकुमार शाक्य,
सुशील घर्ती,ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र start 18 starts team का राष्ट्रिय संयाेजक परभस ज: आचाजु हुनुहुन्थ्यो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार