हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मुम्बई विमानस्थलमा २ किलो धुलो सुनसहित दम्पती पक्राउ

एजेन्सी । सिंगापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको छ ।

Advertisement

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार भारतीय रुपैयाँबराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्र र तीन वर्षको बच्चाको डाइपरमा लुकाएको भित्र्याउन लागेका थिए । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

Advertisement

यसअघि केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले ७ सय ग्राम सुनसहित मलद्वारमा लेप बनाएर आएका एक यात्रुलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य ४० लाख रहेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)