हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाली महिलाकाे भारतमा हत्या, सुटकेस भित्र भेटियाे शव

एजेनसी । भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिला शवको फेला गरेको छ।  मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ।

Advertisement

भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।

Advertisement

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिएका छन्।  प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय सपना मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। सपना वेश्यावृत्तिमा संलग्न गरेको  बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाइ छ।​

स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार केही दिनअघि मृतक र सपनाबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नाहरगढको पहाडमा गाडिएको अवस्थामा फेला परेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)