हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

संविधान दिवसको अवसरमा भेलागढी सामुदायिक वन उपभोक्ता समितिद्वारा विपन्न परिवारलाई सुत्ने खाट वितरण

जनक राजवंशी

Advertisement

हल्दिवारी ,३ असोज । संविधान दिवसको अवसरमा भेलागढी सामुदायिक वन उपभोक्ता समिति द्वारा विपन्न परिवारलाई खाट वितरण गरेको छ ।

Advertisement

आज बुधबार भेलागढी सामुदायिक वन उपभोक्ता समिति हल्दिबारीले एक कार्यक्रमको विच आर्थिक रुपले विपन्न हल्दिबारी गाउँपालिकाका ८ जना, भद्रपुर नगरपालिकाका ८ जना र बिर्तामोड नगरपालिकाका ८ जनालाई एक एक थान गरि २४ थान खाट निशुःक वितरण गरेको छ ।

त्यसैगरी नवदुर्गा मन्दिर, पाराखोपीलाई १ थान, प्रहरी चौकी-हल्दिबारीलाई २ थान, विष्णु पाञ्चायन मन्दिरलाई १ थान र नवज्वति किर्तन मण्डलीलाई १ थान गरेर जम्मा २९ थान खाट बितरण गरिएको बन समितिका सचीव खकेन राजवंशीले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष पुन्य प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिवारी -२ का वडा अध्यक्ष शुकलाल राजवंशी प्रमुख अतिथि रहनु भएको थियोे भने वडा सदस्य विस्णु राई तथा भद्रपुर -१० नम्बर वडा सदस्य तुलसी पोख्रेल लगायतको आतिथ्य रहेको थियो ।

उक्त खाट बितरण कार्यक्रममा स्वागत उपभोक्ता समितिकि उपाध्यक्ष भिमा लम्सालले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण सचीव खके न राजवंशीले गर्नु भएको थियोे ।

खाट पाउनेहरुको नामावली यस प्रकार रहेको छ….

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)