हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीका एक युवाकाे साउदी पुगेको हप्ता दिनमै निधन

हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवाको रोजगारीको सिलसिलामा साउदी अरव पुगेको हप्ता दिनमै निधन भएको छ ।

Advertisement

नेपाली काङ्ग्रेस गोलधापका अभिभावक होमनाथ भुर्तेलका कान्छी छोरीको जेठा छोरा बिजय रिमाल को साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीको कारण निधन भएको काङ्ग्रेस जिल्ला सदस्य इन्द्र कार्कीले जानकारी दिनु भएको छ ।

Advertisement

उनी यही भदौ  १५ गते रोजगारीको लागि साउदी गएका थिए । उनको शव आज काठमाडौं आइपुगेको र राति १ बजे सम्ममा गोलधाप ल्याईपुराउने जानकारी प्राप्त भएको छ ।

परिवार जनका अनुसार भोलि १० बजे पवित्र कन्काई नदिमा उनको पार्थिक शरीरको अन्त्येष्टि गरिने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)