हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रिय फोटो पत्रकार समूह २६ वर्ष पुरा, आज काठमाडौँमा विशेष कार्यक्रम

काठमाडौं । गौरवमय इतिहास बोकेको राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २६ पुरा भएर २७ औं वर्षमा प्रवेश गरेको छ। फोटो पत्रकारहरुको २०५३ मा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो संगठन हो । फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको छ।

Advertisement

सोहि अवसरमा संस्थाले आज वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोको प्रमुख आतिथ्यतामा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्न लागेको हो ।

Advertisement

 काठमाडौँको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा आज हुने कार्यक्रममा  राम गुरुङ, श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान  गर्न लागेको छ ।

त्यस्तै, ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ।

५ विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या– पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरेशकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई दिने भएको छ ।

माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटलाई सम्मान गर्ने र कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरलाई प्रेसिडेन्ट अवार्ड दिइने छ ।

सोहि अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई पनि सम्मानपत्र उपलब्ध गराउने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)