हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हिन्दुराज्य र राजसंस्थाको पक्षमा जनलहर बढ्दाे छ : दुर्गा प्रसाई

बिर्तामाेड । तत्कालीन संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्यको घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको एक दशकभन्दा बढी भइसकेको छ । एक दशकसम्म राजतन्त्रको मोह जनतामा हराएको छैन ।

Advertisement

पछिल्लो समय जनताले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्न थालेको नागरिक बचाउ अभियान संजोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् । नेपाली आमजनतामा सरकार भएको आभास छैन, भ्रष्टाचार र महँगीले जनता रणभुल्लमा भएका बेला राजसस्थाको आवश्यक रहेको प्रसाईले बताउँछन् ।

Advertisement

हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा देशभर माहोल बन्दै गएपछि गणतन्त्रवादी तर्सिन थालेको र उनीहरु राजनीतिक विचल्ती समेत भएको उनले बताए ।

‘हिन्दूराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा सङ्कट समाधान र विकास गर्ने होइन, त्यसले सङ्कटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । देशमा नागरिक बस्ने वातावरणको सिर्जनापनि हिन्दुराज्यले नै गर्छ ।’ उनले भने, ‘राजतन्त्र र हिन्दूराज्यको नाम बचेर रोटी साटेर खानेपनि अहिले राजसंस्थाको पक्षमा माहोल बनेपछि फेरी सल्बलाउन थालेका छन् । राजतन्त्र र हिन्दूराज्यको नारा बोकेर गणतन्त्रवादीसँग साँठगाँठ गरेर सत्ता पुग्ने बाटो मात्र खोजेका हुन् ।’

राजसंस्था कालमा राजाले गर्ने गरेका सम्पूर्ण सांस्कृतिक कार्य जस्ताको तस्तै राष्ट्रिपतिको वाहुबलीबाट सम्पन्न गर्न थालेपनि राजासंस्थाप्रति जनतामा मोह पलाएको प्रसाईको भनाइ छ । राजसंस्था र हिन्दूराज्य फर्किनेमा आफु ढुक्क भएको उनको भनाइ छ ।

गत फागुन १ गते राजा ज्ञानेन्द्र शाहले मेची पुलको कार्यक्रममा प्रसाईले सहभागी गराएका थिए । प्रसाईले लामो समयसम्म सार्वजनिक कार्यक्रममा नहिडेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई सार्वजनिक कार्यक्रममा बोलाएर अभिनन्दन गरेका थिए । उनको यो कार्यक्रमले राजनीतिक बृत्तमा ठुलो चर्चा समेत भएको थियो ।
त्यतिबेला निवासबाट पूर्वराजा शाह करिब ५२ किलोमिटर दूरीमा आफैं गाडी चलाएर काँकडभिट्टा कार्यक्रममा पुगेका थिए । हाल राजाले भत्तपुरको पाटन दरबारमा सहभागि भएका थिए ।

राजा सार्वजनिक कार्यक्रममा सहभागी भएपछि राजसंस्थाप्रति जनतामा विश्वास बढेको प्रसाई दाबी गर्छन् ।

राजसंस्था र हिन्दुराज्यका पक्षमा प्रदर्शन र्याली गर्नुमा धेरै पक्ष जोडिन थालेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजसंस्था छाड्दा राजनीतिक दलहरुले एउटा प्रतिवद्धता जनाएको तर पूरा नगरेको अहिले चर्चा छ । त्यो खुलेको भने छैन ।

मेडिकल कलेज खोल्न बैंकको ऋण लिएर चर्को ब्याज तिरिरहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याजका कारण नेपालीहरू बाँच्न नसक्ने अवस्थामा पुगेको भन्दै गाउँघरमा लघुवित्त तथा सहकारीका कारण नेपाली नागरिक अत्माहत्या गर्न थालेको भन्दै बचाउन प्रसाई गत वर्षदेखि अभियान थालेका छन् । उनको महाअभियानमा देशभरबाट करिब ९ लाख नागरिक जोडिएका छन् । साभार नगरिक प्रेस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)