हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपालकाे जेठाे सामाजिक संस्था “पराेपकार संस्था” काे आज ७७ औं स्थापना दिवस शतक रक्तदाता प्रेमसागरकाे प्रमुख आतिथ्यतामा सम्पन्न

१२ गते आश्विन काठमाडौं/ “दिन,दु:खी असहाय बिरामीहरूकाे नि:स्वार्थ सेवा गराैं” मूलमन्त्र बाेकेकाे नेपालकाे जेठाे सामाजिक संस्था “पराेपकार संस्था” काे आज ७७ औं स्थापना दिवस एक समारोह बीच संस्थाकाे सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट” र “राष्ट्रिय रक्तनायक”काे बिभूषणबाट बिभूषित हुनु भएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Advertisement

प्रमुख अतिथि कर्माचार्यबाट पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएकाे उक्त कर्यक्रममा आमन्त्रित अतिथिहरूलाई संस्थाका द्वितीयत उपाध्यक्ष गणेशप्रसाद वास्यालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरू क्रमशः गाेरखापत्र संस्थाका पूर्व प्रधान सम्पादक पुष्कर माथेमा,दाता श्रीमती बीणा वैद्य र कामनपा वडा नं.२०का अध्यक्ष राजेन्द्र मानन्धर हुनुहुन्थ्यो । संंस्थाकाे बार्षिक प्रतिबेदन महासचिव डा.डम्बरबहादुर नेपाली र आर्थिक प्रतिबेदन काेषाध्य उत्तमलाल जाेशीले प्रस्तुत गर्नुभएको साे कार्यक्रममा एस.ई.ई. परिक्षामा उत्कृष्ट ग्रेड ल्याउने छात्रा र छात्र द्वय:लाई पुरस्कार र पदक कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष हितकरबीर सिंह कंसाकारले बितरण गरिएको थियोे ।

Advertisement

  

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)