हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

हल्दिबारी। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)