हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनल प्रवेश

मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ ।

Advertisement

प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो । जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

Advertisement

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ ( असोज २८) गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार ) प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् । मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरु देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)