बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश र जनताको पछिल्लो अवस्था गम्भीर संकटतर्फ धकेलिएको बताउँदै देश र जनताको रक्षार्थ बैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि दलालहरुको विरुद्ध  दोस्रो जनयुद्ध लड्न परेपनि तयार रहेको बताएका छन्,।
समाजवादी मोर्चाले आज बुधवार झापाको बिर्तामोडमा समाजवादी मोर्चा झापाको  सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुक अत्यन्तै जटिल अवस्थामा पुगिसकेकाले अब हात बाँधेर बस्न नहुने भन्दै पार्टी र समाजवादी मोर्चा जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका हुन् ।
नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेकाले यसका विरुद्ध जस्तोसुकै संघर्ष गरेर भएपनि यसलाई रोक्न आफुहरु तयार रहेको उनले बताएका छन्,। देश नै रहन्छ कि रहन्न भन्ने स्थितीमा छ, यदि हामीले जथाभावी यति कै छाडिदियौँ भने नेपाल देश नै कता पुग्छ भन्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता यति धेरै खतरामा परेको छ, साम्राज्यवादी तत्वहरुको प्रत्यक्ष हस्तक्षेप हुँदैछ, यदि पार्टीहरुले र नेताहरुले ध्यान पुर्याउन सकेनन् भने नेपाल २१औँ शताब्दीको उपनिवेश बन्ने खतरामा पुगेकोछ ।’ नेपालमा विदेशी सेनाहरु प्रत्यक्ष आउने अवस्थामा पुगेको, साम्राज्यवादी देशका सेनाको ठूलाठूला हवाइजहाज काठमाण्डौमा आउने र तीनले ल्याएका सामानहरु बिना चेकजाँच गाडीमा राखेर लगिने गरेको समेत उनले बताए । साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन लागेको उनको भनाई थियो ।
अमेरिकाले रातारात ठूला ठूला सैनिक जहाज ल्याउने र ती जहाजहरुमा के सामान ल्याइराखेको छ भन्ने नेपाली जनतालाई सूचना नहुनुका साथै हवाइ अड्डाका कर्मचारीहरुलाई ती सामान जाँच गर्ने अधिकारपनि नभएको विप्लवले बताए । पछिल्लो समय समाजवादी मोर्चा र पार्टीको विषयमा केही मान्छे , संगठनहरुले भ्रम छर्ने गरेको कारण पार्टीका नेताकार्यकर्ता तथा शुभचिन्तकहरुमा थोरै अन्योलता आउँने गरेको उल्लेख गर्दै यसमा अत्तालिनुपर्ने कुनै कारण नभएको उनले बताए । उनले सुखानिका सहिदहरुको सम्झना गर्दै बलिदानपुर्ण इतिहासको समिक्षा समय परिस्थिति अनुसार हुने र सहिदहरुको त्याग तपस्या र बलिदानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको बताए ।
उनले मुलुकको राज्यसत्ता देख्नलाई माओवादीको हातमा देखिएपनि यहाँका राजनीतिक दलको हातमा नभएर यो सत्ता  मुठ्ठीभर दलालहरुको हातमा गएको भन्दै  शिक्षा, स्वास्थ्य,रोजगार जस्ता संवेदनशील र जनताको नैसर्गिक अधिकार समेत खोसिएको  उनको भनाइ थियोे । हिजो माओवादीहरुमा केहि मन नमिलेर अलग अलग भएपनि अब एक हुने बेला आएको र मुलुकलाई जोगाउन साझा धारणाका साथ समाजवादी मोर्चा गठन भएको भन्दै विप्लवले भने, ‘समाजवादी मोर्चा गठन भएपछि केहि मानिसहरु तिल्मिलाउन थाले ।’
उनले इतिहासको समिक्षा जनताले गर्ने बताउँदै  माओवादीका नेताहरू र १० वर्षे जनयुद्धलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए दोस्रो भयानक जनयुद्ध गर्ने चेतावनी दिएका हुन् ।
‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूबाट अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबै दलालहरुलाई बढारेर लैजान्छ’, उनले भने, ‘जनयुद्ध मरेको छैन र मर्दैन, जनयुद्ध हरेकको मनमा छ ।’ आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे ।
नेपालीहरुको अवस्था हैन व्यवस्था परिवर्तन हुनु पर्ने बताउँदै अहिले केही नयाँ स्वरुपमा व्यवस्था ठिक छ अवस्था परिवर्तन गर्ने भन्दै जनतामा भ्रम छर्न आएकाले त्यो सत्य नभएको बताए । उनले रास्वपा र राप्रपालाई इंगित गर्दे भने ,- ” कोहि पुरानै व्यवस्था ठिक भनेर जनता भ्रमित पार्ने कोहि व्यवस्था ठिक छ अवस्था परिवर्तन गरौँ भन्ने यो सरासर झुठो कुरा हो जनताले अस्विकार गरेर फालिसकेको ब्यवस्थाले निकास दिँदैन बरु  नेपाली  बिशेषताको समाजवाद ल्याउन जरुरी छ।”
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार