समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नवनियुक्त भारतीय राजदूत विनयमोहन आज नेपाल आउदै

काठमाडौं, फागुन १८ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् ।उनी अहिले बिहान सवा १० बजे काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आईपुग्ने जनाइएको छ ।

Advertisement

लैनचौरस्थित भारतीय दूतावास स्रोतका अनुसार क्वात्रा यसअधि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेको अवस्था छ । फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाउन हो ।

Advertisement

भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रा विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा पनि उनलाई लिने गरिन्छ ।फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article