झापा । हल्दिबारी-३ बि टिम गोलधापमा जारी वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्दिबारी १ स्थित गोलधापमा रहेको जनजागृती माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा हल्दिबारी-३ बि टिम ले हल्दिबारी-४ ए टिम लाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर हल्दिबारी-३ बि र हल्दिबारी-४को खेल निकै आक्रमण र हेर्नलायक थियो । उत्कृष्ट किपिङ्ग र लयमा रहेको हल्दिबारी-३ का जर्सी नं-७ का खेलाडी संजय मेचेले पहिलो गोल गर्दै जाली चुम्न सफल भएका थिए।

त्यस पश्चात् केही बेरमा विपक्षी टिमका जर्सी नं-१९ का खेलाडी आशिष् लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पुराउन सफल भए।

पुन जर्सी नं ११ का हल्दिबारी ३ का खेलाडी डि.आर फागोले गोल गर्दै खेल लाई अग्रता दिएका थिए ।उनको गोल सगै हल्दिबारी ३ ले २ गोलले अग्रता लिएको थियो।

आजको खेलको प्लेयर अफ द म्याच हल्दिबारी-३ बि का गोलकिपर किरण मेचे भए । उनले नगद पाँच सय पाए । प्रतियोगितामा हल्दिवारीका प्रत्येक वडा वटा ए र बि गरेर जम्मा ८ वटा टिमहरूले सहभागिता रहेको छ ।

भोलि हुने खेलमा वडा नं-१ ए विरुद्ध वडा नं-५ बि ले दोस्रो सेमिफाइनलका लागि खेल्ने आयोजकले जानकारी दिएका छन। शान्तिदिप युवा परिवार हल्दिबारी-१ गोलधाप ले आयोजना गरेको प्रतियोगिताको संचालन एवम सहजीकरण संजय योङ्हाङले गरिरहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
8

+1
0

+1
0

+1
0

+1
2

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार