आज २०८० साल कार्तिक ०७ गते मंगलबारको राशीफल ।
आज शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सांस्कृतिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ, तर यात्रा भने कष्टकर रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मान्यजनसँग भेटघाट हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ, तर कुनै न कुनै कुराले मनमा खिन्नता आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च नियन्त्रण भन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिना कारण झगडा र विवाद हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।