हल्दिबारी,२१ कात्तिक । हल्दिवारी गाउँपालिकाका ६ हजार विपन्न परिवारलाई सुधारीएको चुलो वितरण गर्न लागिएको छ ।

हल्दिवारी -४ का पुर्व जनप्रतिनिधि , नेकपा एमाले हल्दिवारीका उपाध्यक्ष समेत रहेका महेसलाल मेचेको पहलकदमीमा हल्दिवारीका परम्परागत चुलो प्रयोग गर्ने लक्ष्यित समुदाय, चिया मजदुर तथा विपन्न परिवारले चुलो प्राप्त गर्न लागेका हुन ।

Environment protectoin center Nepal को सहयोगमा हल्दिवारीले प्रतिगोटा ५५ सय मुल्य बराबरको ६ हजार सुधारिएको चुलो मध्ये पहिलो चरणमा १८ सय ४० चुलो वितरण गर्न लागिएको संस्थाका झापा संयोजक अमर मेचेले जानकारी दिए ।

सुधारिएको चुलो हल्दिवारीमा ल्याउन पहल कदमी गर्नु हुने महेसलाल मेचेका अनुसार पहिलो चरणमा हल्दिवारी १,२ ,३मा ४ सय र ४ नम्बर वडामा ४ सय २० वितरण गर्न लागिएको छ भने ५ नम्बर वडामा २ सय २० वितरण गर्न लागिएको हो ।

उनको पहलमा यो भन्दा अगाडि हल्दिवारीका ७ वटा विद्यालयमा करिब ५० लाख मुल्य बराबरको खानेपानी शुद्धीकरण प्लाट जडान भइ सकेको छ । सामाजिक सेवामा सक्रिय युवाहरु बिच लोकपि्रय महेस मेचे पछिल्लो समय विद्यार्थी र विपन्न परिवार बीच झन लोकपि्रय बन्दै गएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
6
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार