स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा कोरोना भाइरस विरुद्ध जनचेतना शुरु ,सबैलाई सत्रक रहन आह्वान

 हल्दिवारी गाउँपालिका बिपद व्यवस्थापन समितिले कोरोना भाइरस तथा मौसम प्रकोप विरुद्ध सचेतता कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

Advertisement

समितिका सचीव तथा गाउँपालिका सूचना अधिकृत राजन न्यौपानेका अनुसार स्वास्थ शाखा मार्फत पम्पलेटिङ तथा माइकिङ गर्न जिम्मेवारी व्यवस्थापन समितिले दिएको हो।

Advertisement

सा साथै मौसम परिवर्तन सगै उत्पन्न हुने प्राकृतिक प्रकोप ,झाडा पखाला ,आगलागी ,लगायत बिपद बाट बच्न ,प्रकोप एवं बिपदका बारेमा वडास्तरिय सचेतता कार्यक्रम संचालनका लागि नेपाल रेडक्रस सोसाइटी हल्दिवारी र जलथल उपशाखालाई जिम्मेवारी दिएको समेत सूचना अधिकृत न्यौपाने बताउनु भएको छ।

बिपद व्यवस्थापन समितिले राहत समेत उपलब्ध गर्न गाउँपालिकालाई सिफारिस गरेको छ।समितिमा परेका निवेदन अनुसार वडा नम्बर ५ का डिल्ली प्रसाद पोख्रेललाई ४० हजार ,लिला प्रसाद कोइरालालाई १५ हजार ,रहरमाया तामाङलाई २ हजार ,पदमबहादुर तामाङलाई ५ हजार र राममाया तामाङलाई ५ हजार दिने निर्णय गरेको हो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article