हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

साना किशान सहकारीको चन्द्रगढीमा सामूहिक धान रोपाई

भद्रपुर । २१ औं राष्ट्रिय धान दिवश २०८१ को अवसर पारेर भद्रपुरमा सामूहिक धान रोपाइ गरिएको छ ।

Advertisement

भद्रपुर ७ स्थित शान्ति चौक दक्षिणमा रहेको साना किशान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाइ गरिएको हो ।

Advertisement

साना किशान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षतामा तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल,, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल लगायत जनप्रतिनिधिहरूले धान रोप्दै सामूहिक धान रोपाई महोत्सव मनाएका हुन् ।

सोही अवसर पारेर स्थानीय कृषक, बालबालिका, जनप्रतिनिधि लक्ष्यित गरेर रमाइलोका लागि हिले दौड समेत सम्पन्न गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले व्यवसायिक कृषि आजको आवश्यकता भए पनि अनुदान सदुपयोग भए नभएको लेखाजोखा गर्ने बेला आएको बताउँदै जलवायु परिवर्तनको असर कृषिमा पर्थ थालेकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतले मन्तव्य राख्दै कृषक राज्यको पहिलो सम्मानित व्यक्ति रहेको भन्दै रसायन र विषदीमुक्त जीवन बनाउन कृषकको उल्लेख्य योगदान रहेको धारणा राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)