हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

काभ्रेस्थली स्वास्थ्य चाैकीमा बिशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतामा काभ्रेस्थलीम स्वास्थ्य चाैकीमा बिशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

Advertisement

बिशेष अतिथिद्वय: राधाकृष्ण खड्गी र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य, त्यसैगरी अतिथिहरूमा क्रमशः नेपाल इलेक्ट्रिसिएन संघका अध्यक्ष दामोदर प्याकुरेल,वडा सदस्य किशाेर भण्डारी,चाैकी प्रमुख बिजयकुमार देव, तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल,वडा नम्बर २ का सचिव सबिना शर्मा र वडा नम्बर २ का सदस्य गीता जैरू रहनु भएको थियो ।

Advertisement

साे बिशेष कार्यक्रममा प्रमुख अतिथिद्वारा कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गरिएको थियोे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयालकाे सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेश्वर नगर समितिका सचिव अनिल भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा जम्मा ६५ जनाले रक्तदान गर्नुु भएको छ ।

रक्तदाताहरूलाई कार्यक्रमका बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)