भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरले नयाँ भवनबाट ओ पि डि सेवाको शुरुवात गरेको छ ।
वटुकहरुद्धारा स्वास्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आज आइतवारबाट विधिवतरुपमा ओ पि डि सेवाको शुरुवात गर्नुभएको हो ।
ओपिडिमा विरामीहरुको अत्याधीक चाप हुने हुँदा पहिलो चरणमा ओपिडि सेवाको शुरुवात गरीएको र क्रमश सम्पूर्ण सेवाहरु नयाँ भवनबाट शुरु गरीने डा. खडकाले वताउनुभयो ।
नयाँ अस्पतालबाटै सम्पूर्ण सेवा दिन सम्भव छ त ? भन्ने प्रश्नमा खडका भन्नुहुन्छ ‘आजवाट नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका छौ।’ ‘भवन बनेर मात्र भएन, स्वास्थ्य सामग्री र उपकरणहरू पनि अब आवश्यक पर्छ,’ , ‘केही सामग्री खरिद गरे पनि त्यो अपुग छ, त्यसका लागि आवश्यक बजेट चाहिन्छ।’ वजेट व्यवस्थापन गरेर भए पनि पूर्णरुपमा संचालन हुनेछ । नवनिर्मित अस्पताल भवनको माथिल्लो तला थप्नका लागि सरकारले दुई करोड बढी बजेट छुट्टाइसकेको छ। आगामी आर्थिक वर्षमा भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खडकाले वताउनुभयो।