इलामको माई नगरपालिका १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ ।

ऊनी ६ महिनाअघि पढाइका लागि कोरिया पुगेकी भदौ २ मा मृत्यु भएको खबर आएको परिवारजनले बताएका छन् । गत फेब्रअरीमा उनी विद्यार्थी भिसामै कोरिया गएर उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् ।

दक्षिण कोरियास्थित नेपाली समाज (सोनसिक)ले सोनुको शव पोस्टमार्टम भइसकेको र नेपाल ल्याउन पहलका लागि आग्रह गरेको छ । त्यहाँ शव राख्ने ठाउँसमेत नभएकाले नेपाल ल्याउन सोनसिकले परिवारजनलाई आग्रह पनि गरेको छ ।

सोनुका बुबा लीला श्रेष्ठको पनि अढाई महिनाअघि मलेसियामा मृत्यु भएको थियो । वैदेशिक रोजगारीकै लागि त्यहाँ पुगेका लीलाको जेठमा मृत्यु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार