हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

“गाँस काटेर भएपनि सेवा गर्नुपर्छ” भन्ने नारा सहित प्रेमपुर्ण सानुमैञा असहाय सेवा काेषद्वारा शैक्षिक सामग्रीहरू बितरण

“गाँस काटेर भएपनि सेवा गर्नुपर्छ” ! भनि समाजप्रति आफ्नो मूल समर्पण बनाइ आत्मसात् गर्दै आज प्रेमपूर्ण सानुमैञा असहाय सेवा काेषद्वारा बाजुरा जिल्ला स्थित स्थानीय भानुदय माध्यमिक बिद्यालयका कक्षा एक,दुई र तीनमा अध्ययनरत छात्रछात्राहरूलाई शैक्षिक सामग्रीहरू बितरण गर्ने कार्य सम्पन्न भएको छ ।

Advertisement

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाकाे सभापतित्व सम्पन्न उक्त कार्यक्रममा प्रेमपूर्ण सानुमैञा असहाय सेवा काेषका व्यवस्थापक प्रेमसागर कर्माचार्यले बिद्यार्थी भाइ बहिनीहरूलाई शैशिक सामग्रीहरू बितरण गर्नुभएको थियोे ।

Advertisement

साेही अवसरमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति हिक्मत थापा र प्रधानाध्यापक धनबहादुर नाथले संयुक्तरूपमा प्रेमपूर्ण सानुमैञा असहाय सेवा काेषका व्यवस्थापक प्रेमसागर कर्माचार्यलाई टीका खादा लगाई स्वागत एवं सम्मान गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)