झापा, ४ असोज । सशस्त्र प्रहरीले झापाको काँकडभिट्टामा एक लाखभन्दा बढी मूल्यको पटाका बरामद गरी नष्ट गरेको छ। मेचीनगर-६ स्थित काँकडभिट्टाबाट भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती कारमा अवैध रूपमा ल्याइएको प्रतिबन्धित पटाका बरामद गरिएको हो।

प्रहरीले गोप्य सूचनाका आधारमा उक्त कार नियन्त्रणमा लिएको थियो, तर प्रहरीले देख्नासाथ कार चालक फरार भएका थिए। कारको जाँच गर्दा भारी मात्रामा पटाका फेला परेको थियो, जसको मूल्य एक लाख अठार हजार आठ सय ६४ रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बल नेपालका नायव उपरीक्षक लोकनाथ उप्रेतीका अनुसार उक्त पटाकाहरू सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म काँकडभिट्टा परिसरमा खाल्डो खनी स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ। सवारीसाधनलाई भने आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार