वनियानी  । स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा कचनकवल गाउँपालिका बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवन्सिको अध्यक्षता सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल,  गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई , प्रमुख प्रशासकीय अधिकृत पुन्य प्रसाद पौडेल ,  वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत विद्यालयका प्रधानाध्यापकहरू,  उपस्थिति रहेको थियो ।
कार्यक्रमको औचित्यपूर्ण माथी   प्रमुख प्रशासकीय अधिकृत पुन्य प्रसाद पौडेलले  प्रकाश  पार्नु भएको कार्यक्रममा प्रहरी बरीष्ठ नायव निरीक्षक प्रबिण कुमार भट्टराई र प्रहरी चौकी जलथल झापाका प्रमुख, प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तु माथि आफ्नो प्रस्तुतीकरण पेश गर्नु भएको थियोे ।
 नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. गाउँपालिकाको तर्फबाट  योजना अधिकृत एवं सूचना अधिकारी केशव मैनाली र  गाउँपालिकाका  सम्पूर्ण  विद्यालयहरूको तर्फबाट  लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुकदेव पोख्रेलले त्रि–पक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने उक्त हस्ताक्षर पत्रको रोहवरमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवन्सी  तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले हस्ताक्षर गर्नु भएको थियोे ।
उक्त अवसरमा प्रहरी उपरीक्षक मिलन के.सी. ले पालिकाका प्रमुख कालेन्द्र प्रसाद सिंह राजबंशीलाई हल्दीबारी गाउँपालिका झापाले यस अघि नै MOU गरि कार्यान्वयनमा ल्याईसकेको  “स्थानिय तह-प्रहरी-बिद्यालय  सम्पर्क कार्यक्रम पुस्तक २०८०” को नमूना प्रति हस्तान्तरण गर्नु  थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार